जतिबेला पनि फलफूल खानु गलत, कुन कतिबेला खाने ?

काठमाडौं । फलफूल मन नपर्ने कमै होलान् । यसमा शरीरलाई मजबुत बनाउने तत्व पाइन्छ नै मिठो पनि हुन्छ । तर फलफूल खान नजान्दा ज्यान बनाउने भन्दा जोखिम बढाउने सम्भावना उत्तिकै छ ।

फलफूल दिनमा जतिबेला पनि खान सकिन्छ भन्ने गलत अवधारणा छ । तर विज्ञहरुका अनुसार फलफूल खाने निश्चित समय हुनुपर्छ । उच्च क्यालोरीयुक्त फलफूल बिहानै खानु उपयुक्त हुन्छ, ताकी तपाईले विशेष जोशका साथ दिनको सुरुवात होस् ।

तर रातमा भने कहिल्यै पनि क्यालोरी र एसिडयुक्त फलफुल खान हुन्न । फलफूल स्वास्थ्यका लागि सधैं फाइदाजनक हुन्छ तर शरिरलाई फाइदा पुर्याउने यस्ता फलफूलको सेवन निश्चित समयमा गर्दा लाभदायक हुन्छ ।

बिहान खाने फलफूल
मानिसले सामान्यतया बिहानमा परिश्रम वा काम गर्छन् । बढी काम गर्ने मानिसहरुले यो समयमा बढी फाइबरयुक्त फलफूल खानुपर्छ ।

स्याउ, अनार र केरा बिहान खानु उत्तम हुन्छ । अमिलो फलफूलले एसिडिटी निम्त्याउने भएकोले बिहानी समयमा यी फलफूल सकभर नखानुहोस् ।

ब्रेकफास्टपछि र लन्चअघि कस्ता फलफूल खाने ?
अमिला तथा गुलिया सिट्रस वर्गका फलफुल खाने उपयुक्त समय हो यो । गुलिया र भिटामिन सीयुक्त जस्तै चेरी, स्ट्राबेरी यो समयमा खानुपर्छ । एन्टिअक्सिडियन्ट, फाइबर र क्यालोरियुक्त फाइबर सबैभन्दा बढी उपयुक्त हुन्छ ।

साँझमा कस्ता फलफुल खाने ?

साँझ ६ बजेपछि तपाईको शरिरको मेटाबोलिक दर बिस्तारै घट्दै जान्छ, जसका कारण शरिरले क्यालोरीलाई उपयोग गर्ने क्षमतामा क्रमिक ह्रास आउछ । उच्च क्यालोरियुक्त आँप साँझ परेपछि कुनै पनि हालतमा खानुहुन्न । बरु खरबुजा, सुन्ताला, चेरी लगायतका उच्च फाईबरयुक्त फलफुल खानुपर्छ ।

दैनिक बिहान स्याउ खानुहोस्ः

स्याउ बिहानको समयमा खाँदा यसले स्वास्थ्यमा सकारात्मक असर पुर्याउँछ । यसमा पेक्टिन नामको तत्व पाइन्छ जसले रक्तचाप र कोलेस्ट्रोल घटाउने गर्दछ । यदि स्याउ राती खानुहुन्छ भने पेक्टिनलाई पचाउन समस्या हुन्छ जसले एसिडिटिको समस्या हुनसक्छ ।

लञ्चपछि खानुहोस् केराः

केरालाई लञ्च पनि खानुहोस् । यसले शरिरको प्रतिरोधी क्षमतालाई वृद्धि गर्दछ । केरा राती खाँदा पच्न समस्या हुने गर्दछ ।

आलु बिहान खानुहोस्ः

आलू वा यसबाट बनेका खानेकुरा सकेसम्म बिहानको नाश्तामा खानुहोस् । आलुमा अत्यधिक क्यालोरी हुने भएकाले राती खाँदा तौल बढ्ने गर्दछ ।

सुत्नुअघि दुध पिउनुहोस्ः

सुत्नुअघि दुध पिउँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मिठो निन्द्रा पनि लाग्ने गर्दछ । यद्यपी, तपाईं यदि बिहान जिम वा व्यायाम गर्नुहुन्छ भने यसलाई बिहान पनि पिउनसक्नुहुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here