भारतिय कप्तान कोहलीलाई पछि पार्दै स्मिथ बने टेष्ट नम्बर १ खेलाडी

काठमाडौं । भारतिय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई पछि पार्दै अष्ट्रेलियाका पुर्व कप्तान खेलाडी स्टीभ स्मिथ टेष्ट क्रिकेटको नम्बर १ खेलाडी बनेका छन् ।

आइसीसीले बुधवार सार्वजनिक गरेको तालिका अनुसार स्मिथले कोहलीलाई ५ अंकले पछि पार्दै नम्बर १ मा पर्न सफल भएका हुन् । उक्त तालिका अुसार नम्बर १ रहेका स्मिथको ९ सय ११ अंक छ भने दोस्रो नम्बरमा रहेका कोहलीको ९ सय ६ अंक रहेको छ ।

तालिकाको तेस्रो नम्बरमा भने न्युजिल्याण्डका कप्तान केन विलियमसन रहेका छन् । उनको ८ सय ५३ अंक रहेको छ ।

कोहली सन् २०१९ डिसेम्बर ४ तारिखबाट टेष्ट क्रिकेटको पहिलो नम्बरका खेलाडी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here