एक नर्स जसले अस्पतालमा पाँच हजार बच्चा साटिदिइन्

अस्पतालमा नर्सलाई बिरामीको हेरचाहका लागि भरपर्दो साथी मानिन्छ । तर, केही नर्सहरु भने भरपर्दा नहुन पनि सक्छन् ।

जिम्बावेकी एक नर्सले आफ्नो जीवनमा ५ हजार भन्दा धेरै बच्चाहरु साटफेर गरेकी छिन् । आफ्नो नर्सिङ करियरको १२ वर्षे अवधिमा त्यति संख्यामा बच्चाहरु साटेको एलिजाबेथ एमवेवाको दाबी छ ।

जिम्बाबे अब्जर्भरमा प्रकाशित समाचार अनुसार युनिभर्सिटी टिचिङ अस्पतालमा कार्यरत एमवेवाले रमाइलोका लागि त्यसरी एउटाको बच्चा अर्काकोसँग साट्ने कार्य गरेकी हुन् ।

अहिले क्यान्सरले थलिएर मृत्युको मुखमा पुगेपछि उनले आफ्नो अपराध स्वीकारेकी हुन् । आफूले भगवान र साटिएका बच्चाका बाबुआमासँग आफ्नो पापका लागि माफी माग्न चाहेको उनको भनाइ छ ।

निर्दोश बच्चाहरुलाई साटेर जघन्य अपराध गरे पनि उनले आफूले माफी पाउने आशा राखेको बताएकी छन् । बरु शैतानले आफूलाई कब्जा गरेर आफू मार्फत त्यस्तो कुकर्म गराएको उनको तर्क छ ।

उनको दाबीलाई मान्ने हो भने उनी कार्यरत अस्पतालमा सन् १९८३ देखि १९९५ सम्म जन्मेका बच्चाहरु आफ्ना सहोदार दाजुभाइ वा दिदीबहिनी जस्तो नभएको हुन सक्ने र सम्बन्धित व्यक्तिले त्यसको जाँच गर्नु पर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here