रोजगारीको भयावह:सात महिनामा ५ सय १३ जना कफिनमा फर्किए

काठमाडौं, १५ फागुन । वैदेशिक रोजगारीको लागि दैनिक सयौं युवा विदेश जाने गरेका छन् ।

केही केही पैसा कमाएर फर्कन्छन्। कोही रोग लिएर फर्कन्छन् र कोही अंगभंग भएर आउँछन्। तर कोही भने कफिनमा फर्कन्छन्। यो प्रकृया पछिल्लो समय नेपालीहरुको नियति नै बनेको छ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्त सम्मको अवधिमा ५ सय १३ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ७ महिनामा मलेसियामा १ सय ४० जनाले ज्यान गुमाएका छन् । साउदी अरेबिया पुगेका १ सय २० ,कतारमा ८६ जना, संयुक्त अरब एमिरेट्स पुगेका ८० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै कुवेतमा २५ जना, दक्षिण कोरियामा ९ जना, बहराईनमा ६ जना, पोल्याण्डमा ३ जनाले ज्यान गएका छन् ।

अफगानिस्तान, जोडन, माल्दिभ्समा २/२ जना र प्रोचुगल, टर्की, ईजरायल, साईप्रसमा १/१ जना नेपालीले रोजगारीकै क्रममा ज्यान गुमाएको विभागले जनाएको छ ।

५ वर्षमा ४ हजार १ सय ५३ कामदारको मृत्यु

पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।

सुनौलो भविष्यको खोजिमा मिटो कल्पना र सपनाहरू लिएर गएका उनीहरू शव बनेर फर्किएका हुन् ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारमध्ये ५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन् ।

तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जेलमा रहेकामध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । तीमध्ये मलेसियामा १६ जनालाई मृत्युदण्ड सुनाइएको छ । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृत्युदण्ड सजाय तोकिएको छ ।

विदेशी जेलमा रहेकामध्ये ७ जनालाई आजीवन कारावासको सजाय भएको छ । त्यस्तै, २ जनालाई २५ वर्ष र २ जनालाई १५ वर्ष, ५ जनालाई १४ वर्षसम्मको सजाय सुनाइएको छ ।

त्यस्तै १९ जनालाई १० वर्षसम्मको र १ जनलाई ५ वर्षसम्मको सजाय दिइएको छ । ४४ जनालाई १ वर्षसम्मको र ७५ जनालाई ३ महिनासम्मको सजाय तोकिएको छ । २ सय ९३ जना कामदार फैसलाको पर्खाइमा छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here