डिजेल र पेट्रोलमा अब प्रतिलिटर थप ५/५ रुपैयाँ विकास कर

काठमाडौं, १५ फागुन। सरकारले पेट्रोल र डिजेलमा तोकिएको प्रतिलिटर ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्‍याएको छ ।

विहिवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय समेत सम्हालेक अर्थमन्त्री युवराज खतिवडा पत्रकार सम्मेलनमा बोल्दै पेट्रोल र डिजेलको विकास कर बढेर प्रतिलिटर १० रुपैयाँ पुगेको जानकारी दिएका हुन् ।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको थिया ।

यसअघि बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैया कर लगाएकोमा अहिले उक्त करमा ५ रुपैयान् थप्दै १० रुपैयाँ पुर्‍याइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here