शेयर बजारः कारोबारमा फेरी नयाँ रेकर्ड, ४ अर्ब ४६ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा साताको अन्तिम दिन फेरी कारोबारमा नयाँ रेकर्ड कायम भएको छ ।

यसअघि बुधवार ४ अर्ब १५ करोडको कारोबार गर्दै रेकर्ड कायम गरेको शेयर बजारमा विहिवार १ सय ८० कम्पनीको १ करोड ८ लाख ५९ हजार ६५६ कित्ता शेयर ३५ हजार ४६७ पटक किनबेच हुँदा ४ अर्ब ४६ करोडको कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो ।

विहिवार नेप्से परिसूचक ३६.०५ अंकले बढेर १ हजार ६ सय ३२.१७ अंकमा पुगेको छ । यो संख्या बुधवारको तुलनामा २.२६ प्रतिशत बढी हो ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ११.६३ अंकले बढेको छ ।

विहिवार बैकिङ्ग, विकास बैंक र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समुहको सूचक घट्यो । बैकिङ्गको सूचक ६.१४ प्रतिशत बढ्यो । त्यस्तै, विकास बैंकको १.९१ प्रतिशत र उत्पादन तथा प्रशोधन समुहको ०.५१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक ४.८८ प्रतिशत घट्यो । त्यस्तै, निर्जीवन बिमाको २.८२ प्रतिशत, अन्य समुहको २.७४ प्रतिशत घट्यो त्यस्तै अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

विहिवार सबैभन्दा धेरै एभरेष्ट बैंकका शेयर धनीले कमाए । एभरेष्टको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, नेपाल एसबिआई बैंकको ९.९४ प्रतिशत, हिमालयन बैंकको ९.९२ प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here