ग्लोबल आइएमइ बैंक छाडेर रवीन्द्र ढकाल सनराइज बैंकमा

काठमाडौं, १५ फागुन । सनराइज बैंकले रवीन्द्र ढकाललाई भित्राएको छ । ग्लोबल आईएमई बैंकका डेपुटी म्यानेजर रहेका ढकाल म्यानेजरको जिम्मेवारी सम्हाल्नको लागि सनराइज बैंक जान लागेका हुन् । ढकालले आगामी सोमबारबाट सनराइज बैंकमा काम थाल्नेछन् ।

ग्लोबल आईएमई बैंकमा असिस्टेन्ट लेभलबाट प्रवेश गरेका उनीसँग १३ वर्षभन्दा बढीको बैंकिङ अनुभव छ ।

ब्रान्च म्यानेजर, मार्केटिङ, कार्ड सेल्स, रेमिट्यान्स प्रमुख, अन्तर्राष्ट्रिय रेमिट्यान्सको समेत अनुभव भएका ढकालले जन प्रशासनमा स्‍नातकोत्तर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here