२४ घण्टामा सात देशमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २८ सय नाघ्यो

काठमाडौं, १६ फागुन । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार आठ सय नाघेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस अधानोमका अनुसार कोरोना भाइरसबाट चीनमा दुई हजार सात सय ४७ र अन्य देशमा ५४ गरी दुई हजार आठ सय १ पुगेको छ।

उनले चीनमा ४८ हजार ६ सय ३० र अन्य देशमा तीन हजार चार सय ७४ संक्रमित भएको बताए। चीनको तुलनामा बाँकी देशमा नयाँ संक्रमणको दर बढेको भएको पाइएपछि उनको यो भनाई सार्वजनिक भएको हो। उनले पछिल्लो २४ घण्टामा सात नयाँ देशमा कोरोनाको संक्रमण भेटिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here