विदेशमा लिग खेल खेलाउन प्रतिबन्ध !

काठमाडौं, १६ फागुन । फिफाले लिग खेल विदेशमा खेलाउन प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय ला लिगामा देखिएको समस्याका कारण विदेशमा खेल खेलाउन फिफाले प्रतिबन्ध लगाएको हो । अब घरेलु लिगका खेल आफ्नै देशमा हुनुपर्नेछ । ला लिगाले विदेशमा लिग खेल गराउन प्रयास जारी राखेको छ ।

इबार र बार्सिलोनाबीचको खेल विदेशमा गराउने भनिएको थियो तर, पछि हुन सकेन । त्यस्तै भिल्लारियल र एट्लेटिको मड्रिडबीचको खेल पनि रद्द भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here