मलेसियामा न्यूनतम तलब पाउनु भएन ? यसरी गर्नुहोस् उजुरी

काठमाडौं, १७ फागुन । नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा स्वदेशी तथा विदेशी श्रमिकहरुको वृद्धि भएको पारिश्रमिक दिन शुरु गरिएको छ ।

सम्झौता अनुसार बढेको न्यूनतम तलब फेब्रुअरी १ देखि कामदारले पाएका छन् । नयाँ सम्झौतामा उल्लेख भएको न्यूनतम तलब नपाएमा उजुरी गर्न नेपाली दूतावासले आह्वान गरेको छ।

सरकारले अघि सारेको नीतिसँगै मलेसियाको मानव संसाधन मन्त्रालयले जनवरी १ देखि नेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक बढाएको थियो ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट (करिब ३३ हजार नेपाली रुपैयाँ) पाएका छन् ।

मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिङ्गेट (लगभग ३० हजार नेपाली रुपैयाँ) पाउदै आएका थिए । तलब वृद्धिसँगै मलेसियामा कार्यरत लाखौं नेपाली कामदारले यसको लाभ पाएका छन् ।

कुनै पनि नेपाली श्रमिकले नयाँ सम्झौता अनुसारको तलब नपाएमा नेपाली राजदूतवास मलेसियामा इमेल वा निवेदन पेस गरी तुरुन्तै उजुरी गर्न मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आग्रह गरेका छन् ।

दूतावासमा उजुरी आएपछि सम्बन्धित कम्पनीलाई इमेल वा चिठी मार्फत नयाँ सम्झौता अनुसारको तलब दिनको लागि चेतावनी दिने र त्यसलाई इन्कार गरे लेबर डिपार्टमेन्टमा उजुरी गरी मलेसिया सरकारको कानुन बमोजिमको कारवाहीको दायरामा ल्याउने समेत राजदूत पाण्डेले जानाकारी दिएका छन् ।

दुतावास आउन र निवेदन पेस गर्न असमर्थ भएमा ईमेल eonkualalumpur@mofa.gov.np र हटलाइन ०१६९२४७२७७७ ह्वाटसएपबाट पनि उजुरी गर्न सकिने पनि दूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here