कोरोना रोकथामका लागि उच्चस्तरीय समिति गठन

काठमाडौं, १८ फागुन । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाभाइरसको जोखिममा रहेको चेतावनी दिएलगत्तै सरकारले रोकथाम तथा नियन्त्रण गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यानवय समिति गठन गरेको हो ।

समितिमा गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लगायत वाणिज्य, कृषिमन्त्री पनि रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र आवश्यक तयारीका सम्बन्धमा अहिलेसम्म भएको प्रगतिको विवरण बारे सम्बन्धित मन्त्री र अधिकारीहरुसँग जानकारी लिएका छन् ।

साथै सरकारले कोरोनाको विश्वमा द्रुत गतिमा विस्तार भैरहेको र यसबाट नेपालमा जनस्वास्थ्य एवम् अर्थतन्त्रलगायतका विभिन्न पक्षहरुमा पर्न सक्ने असरहरुको बारेमा विस्तृत अध्ययन विश्लेषण गरी उपयुक्त कदम चाल्ने तथा उक्त रोगको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने, जनचेतना अभिवृद्धि गर्ने, सजगता अपनाउने र आवश्यक सम्पूर्ण तयारी तथा निर्णयहरु समेत गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here