अब स्मार्ट लाइसेन्स परीक्षण कार्ड रिडरबाट

काठमाडौं । अब स्मार्ट लाइसेन्सको परीक्षण कार्ड रिडरबाट हुने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार यसको लागि ट्राफिक निर्देशनालय, महानगरिय ट्राफिक प्रहरी महाशाखा र सबै प्रदेशको ट्राफिक प्रहरीलाई ४० वटा कार्ड रिडर वितरण गरिएको छ ।

यसबाट अब नक्कली लाइसेन्समा पनि कमि आउने बताईएको छ । केही समय अघि स्मार्ट लाइसेन्स पनि नक्कली भेटिएको थियो ।

यो कार्ड रिडरमा अफलाईनमै लाइसेन्स जाच गर्न सक्ने क्षमता भएको विभागले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here