५ पैसामा नेपाल टेलिकम मोबाइल डाटा प्याक, यसरी लिनुहोस्

काठमाडौं । नेपाल टेलिकमले प्रतिएमबी ५ पैसामा मोबाइल डाटा उपलब्ध गराएको छ । धेरै डाटा प्रयोग गर्ने उपभोक्ताका लागि टेलिकमले सस्तो दरमा इन्टरनेट प्याक उपलब्ध गराएको हो ।

यससँगै एकैपटक धेरै डाटा प्रयोग गर्नुपर्ने उपभोक्ताको आवश्यकता सम्बोधन भएको टेलिकमले दाबी गरेको छ ।

कम्पनीले प्रस्तुत गरेको ‘लार्ज डाटा प्याक’ एकपटक सब्स्क्राइब गरेपछि लामो समयसम्म चलाउन पाइन्छ र तुलनात्मक रूपमा निकै सस्तो पर्छ । कम्पनीले पाँच पैसामा चलाउन सकिने ३० जीबी र ६० जीबीको लार्ज डाटा योजना ल्याएको हो।

कम्पनीका अनुसार ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ भने यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ।

यस्तै १ सय ८० दिन सम्म प्रयोग गर्न सकिने ६० जीबी प्याकको मूल्य ३ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

यस्तै लार्ज डाटा प्याक लिनका लागि *1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नुका साथ सिधै *1415*1*7# डायल गरेर पनि उक्त सेवा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।

त्यस्तै आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here