निक साईमन्स ईन्सिच्युटले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई सघाउने

दोधारा, १९ फागुन । निक साईमन्स ईन्सिच्युटले माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई सघाउने भएको छ् ।

माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई निक साईमन्स ईन्सिच्युटले सघाउने भएपछि माहाकाली नगरपालिकाको स्वाथ्य क्षेत्रमा बिकास हुने देखिएको छ् ।

एक कार्यक्रमको बिच माहाकाली नगरपालिका कार्यालय र निक साईमन्स ईन्सिच्युट बिच सम्झौता पत्रमा हस्ताक्षर गरि पा“च वर्षको लागी माहाकाली नगरपालिकाको स्वास्थ्य क्षेत्रमा सघाउने निक साईमन्स ईन्सिच्युटले जनाएको छ् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, निक साईमन्स ईन्सिच्युटका प्रतिनिधी डाक्टर अनिल श्रेष्ठ र माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका ब्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजाली बिच सम्झौता पत्रमा हस्ताक्षर गरि प्राथमिक स्वास्थ्य केन्द्रलाई सघाउने गरि सम्झौता गरिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् ।

कार्यक्रमको बिच माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले स्वास्थ्य क्षेत्रमा बिकट रहेको माहाकाली नगरपालिकामा पहिलो पटक निक साईमन्स ईन्सिच्युटले सघाउने भएको खुशी ब्यक्त गर्दै माहाकाली नगरपालिका जनताले बिगतका दिनमा भारतका महंगा स्थानहरुमा उपचार गर्दै आएको र आगामी दिनहरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा सबै प्रकार स्वास्थ्य सेवा प्रदान गर्न निक साईमन्स ईन्सिच्युटले ईच्छा देखाएकोमा सहयोग गर्ने प्रदेश सरकार, संघिय सरकारका प्रतिनिधी लगाएत निक साईनम ईन्सिच्युटको टोलीलाई बिशेष धन्यबाद दिएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको सभपतित्वमा संचालन भएको सम्झौता कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभाका सदस्य डा. दिपक भट्ट, बिशिष्ठ अतिथीमा प्रदेश सभा सदस्य मान बहादुर सुनार, निक साईमन्स ईन्सिच्युटका प्रतिनिधी डाक्टर अनिल श्रेष्ठ रहेका थिए ।

यस्तै अतिथीमा प्रथामिक स्वास्थ्य केन्द्रका डा. गगन चौधरी, माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली, माहाकाली नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र लगाएत वडा अध्यक्ष तथा स्वास्थ्यकर्मी तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तोरउन्नतीको लागी निक साईमन्स ईन्सिच्युटले देखाएको रुची तथा प्रतिनिधी सभाका सदस्य डा. दिपक भट्टको पहलमा आगामी ५ वर्षको लागी निक साईमन्स ईन्सिच्युटले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्राबिधिक तथा आर्थिकरुपमा सघाउन भएपछि आफु निकै खुशी भएको प्रतिनिधी सभा सदस्य मान बहादुर सुनारले बताएका छन् ।

‘प्राथमिक स्वास्थ्य केन्द्रको स्तोरउन्नतीको लागी आफु र प्रदेश सरकार जहिले पनि तयार छ्’ प्रदेश सभा सदस्य मान बहादुर सुनारले भने । यस्तै निक साईमन्स ईन्सिच्युटका प्रतिनिधी डाक्टर अनिल श्रेष्ठले तिनै तहका सरकार एक कार्यक्रममा रहेर सम्झौता गर्न पाएकोमा खुशी ब्यक्त गर्दै निक साईनमले ५ वर्षको सम्झौतामा स्थानिय तह, प्रदेश र संघबाट सहयोग पाईने अपेक्षा राखेका बताए ।

पहिलो चरणमा प्राथमिक स्वास्थ्य केन्द्रमा आपतकालिन सेवा, प्रशुती सेवा हुदै ५ वर्ष भित्र सबैको साथ र सहयोग पछि शल्यक्रिया गर्न सक्ने अस्पतालकोरुपमा प्राथमिक स्वास्थ्य केन्द्रलाई परिणत गर्ने आफ्नो संस्थाको लक्ष्य रहेको बताएका छन् ।

एक अमेरिकन नागरिक को सम्झनामा स्थापना भएको निक साईमन्स ईन्सिच्युटले माहाकाली नगरपालिका क्षेत्रका जनताले सहदै आएको स्वास्थ्य समस्या निर्मुल गर्न अहम भुमिका निर्वाह गर्ने प्रतिनिधी सभा सदस्य दिपक भट्टले जनाएका छन् ।

माहाकालीको स्वास्थ्य क्षेत्रमा सघाउने भएपछि निक साईमन्स ईन्सिच्युट टोली र प्रतिनिधी सभा सदस्य प्रति स्थानियहरुले धन्यबाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here