सुनको मूल्य बढ्यो

काठमाडौं, २० फागनु । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ ।

सोमवार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार ३०० रुपैयाँ बढ्दै प्रतितोला ७८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला ३०० रुपैयाँले नै बढ्यो ।

सोमवार प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मंगलवार ३०० रुपैयाँ बढ्दै प्रतितोला ७८ हजार रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here