प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ।

मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको भर्ना भएका ओलीको आफन्तले मंगलबार विहान विशेष पूजा गरेका हुन् ।

स्रोतका अनुसार बिहान ९:३० बजे ओलीको आरोग्यताका लागि महामृत्युञ्जय, महारुद्री, लघुरुद्रीलगायत विशेष पूजा गरिएको छ।

मिर्गौला प्रत्यारोपण सफलताका लागि पशुपतिका मूल भट्टले रुद्राभिषेक, जलाभिषेकसमेत गराएका थिए। पूजाका लागि दही, दूध, घिउ, मह, जललगायत सामग्रीबाट पञ्चामृतलगायत अन्य सामग्री तयार गरिएको थियो।

पशुपतिमा विशेष पूजा गराउँदा जटिल रोग निको हुनुका साथै शल्यक्रिया सफल हुन्छ भन्ने विश्वास रहँदै आएको छ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको न्युरोलोजी तथा ट्रान्सप्लान्ट विभागमा भर्ना भएका छन्। बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here