चीनबाट विद्यार्थी ल्याएको नेपाल एयरलाइन्सले सरकारलाई दियो ४ करोड ४० लाखको बिल

फाइलफोटो

काठमाडौं । चीनबाट उद्दार गरिएका नेपालीलाई नेपाल ल्याएको नेपाल एयरलाइन्सले ४ करोड ४० लाखको बिल सरकारलाई दिएको छ ।

चीनमा कोरोनाको संक्रमण बढ्दै गएपछि चीनबाट १ सय ७५ जना नेपालीलाई नेपाल एयरलाइन्सको सहयोगमा नेपाल ल्याईएको थियो ।

उद्दार गरेसंगै उनीहरुलाई भक्तपुरमा राखिएको थियो ।

उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपनि सोमवार १ सय ७५ जनालाई नै घर पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here