कोरोना प्रभावित देशको भिसा रोक्ने सरकारको तयारी

काठमाडौं, २० फागुन । विश्वभर कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा नेपाल सरकारले कोरोना प्रभावित सबै देशको भिसा स्थगित गर्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतले दिएको आदेशलाई अध्ययन गर्दै श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मंगलवार नै यस विषयमा निर्णय गर्ने बताएको छ ।

सर्वोच्च अदालतले कोरोना संक्रमणको खतरालाई नियन्त्रण गर्नको लागि नेपालबाट जाने सबै अन्तर्राष्ट्रिय उडान रोक्नको लागि सरकारलाई निर्देशन दिएको थियो ।

हालसम्म कोरोनाको कारण विश्वका विभिन्न देशमा ३ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here