जगदगुरु महायोगी ‘सिद्धबाबा’ अदालत पुग्दा… (फोटोफिचर)

काठमाडौं, २० फागुन । बलात्कार आरोप लागेका जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् ।

गत माघ ९ गते उपचारको लागि भारत गएका सिद्धबाबा मंगलबार अदालतमा उपस्थित भएका हुन् । अदालतमा अनुयायीहरको ठूलो संख्यामा भिड रहेको थियो ।

आफु भारतमा उपचाररत रहेको र अदालतको सम्मान गर्दै कानून र अदातलको विश्वासको कारण आफु उपस्थित भएको जनाए ।

समर्थकको साथ आफ्नै गाडीमा पक्राउ पूर्जी बुझेको सिद्धबाबा अदालतको आदेश अनुरुप कारागार गएका छन् । अदालतमा भोलिसम्म हाजिर हुने म्याद थियो ।

यसअघि जिल्ला अदालत, सुनसरी न्यायाधीश राधाकृष्ण उप्रेती १ नम्बर इजलासले दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै सिद्धबाबालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत बिराटनगर पुगेको थियो । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो ।

,

–तस्बिर: शशि कोइराला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here