खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त

काठमाडौं, २१ फागुन । डा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिशमा राष्ट्रपति विद्या देवी भण्डारीलेखतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल सकिएपछि खतिवडाले खतिवडाले मंगलबार राजीनामा दिएका थिए। खतिवडाको राजीनामापछि अर्थमन्त्रालयको कार्यभारसमेत ओलीले सम्हाल्दै आएका थिए।

ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि खतिवडालाई मन्त्री पदमा नियुक्त गर्न सिफारिश गरेका थिए। खतिवडाको आजै चार बजे शपथ ग्रहण गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले सम्हालेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी उनलाई जिम्मेवारी तोकिएको छ ।

खतिवडा आजै चारबजे राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयका एक कर्मचारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here