कोरोना संक्रमणः भारतमा संक्रमितको सङ्ख्या २८ पुग्यो

काठमाडौं । चीनको बुहान राज्यबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका ६० भन्दा धेरै देशहरुमा फैलिएको छ ।

यसका साथै भारतमा पनि कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् ।

भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक रहेका छन् ।

यसका साथै भारतले कारोना संक्रमित देशका मानिसहरुको भिसा रद्द गरेको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here