कृषि विकास बैंक र फोन पे बीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे बिच सम्झौता भएको छ ।

सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिने भएको छ ।

अब फोन पे को माध्यमबाट ग्राहकहरुले सजिलै किनमेल गर्न सक्ने बैंकले बताएको छ ।

बैंकले हाल २ सय ७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम टर्मिनल बाट सेवा दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here