‘म अथक योद्धा हुँ’भन्दै अर्थमन्त्री खतिवडाले सुरु गरे दोस्रो इनिङ

काठमाडौं, २१ फागुन । नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले आफ्नो कार्यभार सम्हालेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिएसँगै उनले अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्।

पहिलो इनिङमा अपेक्षाअनुसार काम नगरेको आरोप लागेका खतिवडालाई दोस्रो इनिङ मा के गर्नुहुन्छ भनेर पत्रकारले गरेको प्रश्नमा ‘म अथक योद्धा हुँ’ कमान्डरले चाहँदासम्म मैदानमा रहनेछु भन्ने जवाफ दिएका थिए ।

राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल सकिएपछि मङ्गलबार उनले पदबाट राजीनामा दिएका थिए। खतिवडाले बुधबार बिहान अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here