अष्ट्रेलियाको समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं, २१ फागुन । अष्ट्रेलियाको समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ ।

बुधबार कुइन्सल्याण्ड राज्यको समुन्द्रमा पौडी खेल्ने क्रममा पोखरा स्थायी घर भएका युवकको ज्यान गएको हो । उनलाई पौडी खेल्ने क्रममा समुन्द्रको छालले बगाएको थियो ।
छालमा बगेर बेपत्ता भएपछि उनीसंगै पौडी खेलिरहेका साथीहरुले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा युवकको भेटेका थिए ।

युवक फेडेरेसन युनिभर्सिटीमा पढ्थे । युवकको शव व्रिजवेनको कुपर प्लेनस्थित शव गृहमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here