दोधारा-चाँदनीको सीमा क्षेत्रमा भारतद्धारा कोरोना सहायता कक्ष सञ्चालन

पप्पु गुरुङ्गर दोधारा, २१ फागुन । माहाकालीको सीमा नाकामा भारतले कोरोना भाइरस (कोभिड–१९) चेक जाँचका लागि साहयता कक्ष स्थापना गरेको छ ।

माहाकाली नगरपालिका वडा नं. ७ नजिक नेपाल–भारत सिमानामा भारतले भारतले कोरोना भाइरस चेक जाँचका लागि साहयता कक्ष स्थापना गरेको भारतिय सीमा सुरक्षा बल (एसएसबी) ले जनाएको छ् ।

भारत सरकारले नागरिक अस्पतालका डाक्टर प्रिती शाहा, डाक्टर उसारिना र डाक्टर एमएसएपीको टोली माहाकाली नगरपालिका वडा नं. ७ नजिक सीमा क्षेत्रमा कोरोना भाइरस चेक जाँचको लागि साहयता कक्षमा खटाएको भारतिय सीमा सुरक्षा अधिकारीहरुले जनाएको छ् ।

चिकित्सकको टोलीले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउनेहरुलाई समान्य स्वास्थ्य परिक्षण संगै परामर्श दिदै आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

माहाकालीको नेपाल–भारत सीमा क्षेत्रमा आवत–जावत गर्ने सबैलाई मास्क अनिवार्य लगाउन, भिडभाड क्षेत्रबाट टाढा रहन र सीमामा शंकाष्पद लक्षण देखिए समयमै स्वास्थ्य जाँच समेत गर्न अनुरोध गरिएको कोरोना भाइरस चेक जाचका लागी साहयता कक्षका खटिएका टोलीका एक सदस्य डाक्टर प्रिती शाहाले जनाएका छन् ।

चिकित्सकको टोली बिहान ९ बजे देखी अपरान्ह ४ बजे सम्म माहाकालीको सिमा नाकामा हेल्पडेष्क संचालन गर्दै आएको चिकित्सकहरुले जनाएका छन् ।

आज दिन भरीमा १ सय २८ जनाको समान्य स्वस्थ्य परिक्षण गर्नुको साथै परामर्श दिएको बताईएको छ् । भारत सरकारले माहाकाली नगरपालिकाको सिमा क्षेत्र जोडिएको नौजलिया, नगरा र गडीगोठ क्षेत्रमा कोरोना भाइरस चेक जाचका लागी साहयता कक्ष स्थापना गर्ने तयारी गरेको भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले जनाएको छ् । कोरोना भाइरसले निमोनिया गराउछ ।

यो भाइरसबाट विरामी भएकामा खोकी, ज्वारो र सास फेर्न कठिन हुने समस्या देखिन्छ । भाइरस संक्रमणबाट हुने न्युमोनिया भएकाले यस रोगलाई एन्टीबायोटिकले काम गर्दैन । माहाकालीका एक स्थानियबासी खडक रावल अनुसार बिश्वब्यापीरुपमा समस्याको बिषय देखिएको कोरोना भाइरसको सन्त्रासले माहाकाली नगरपालिकाबासी पनि अछुतो नरहेको बताएका छन् ।

भारत सरकारले नेपाल–भारतको सिमा क्षेत्रमा हेल्प डेष्क स्थापना गरे जस्तो माहाकाली नगरपालिका क्षेत्रको भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने स्थानहरुमा हेल्पडेष्क स्थापना गर्नु आवश्यक रहेको उनले बताएका छन् ।

‘नेपाल सरकारले माहाकाली नगरपालिकाको जबगबुडा झोलुङ्गे पुलहरु र महाकाली झोलुङ्गे पुलमा आवात जावत गर्नेहरुका लागी चेक जाँचका लागी साहयता कक्ष स्थापना गर्नु पर्ने हुन्छ्’ स्थानिय खडक रावलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here