गोरखामा गाउँपालिका उपाध्यक्ष चढेको गाडी दुर्घटना, वडा सचिवको मृत्यु

काठमाडौं, २२ फागुन । गोरखाको धार्चे गाउँपालिकाकी उपप्रमुख फुलमाया गुरुङसहितको टोली सवार बोलेरो जीप दुर्घटना भएको छ ।

ग १ ज ५५०५ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर ६ का सचिव किरण रिमालको मृत्यु भएको छ। बुधबार राति आरुघाट गाउँपालिका वडा नम्बर २ को झोर्चेमा बोलेरो खस्दा वडा सचिवको मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ।

अन्य सात जना घाइते छन्। गाउँपालिका उपाध्यक्षसहित स्थानीय निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाइते छन्।

जिप चालक केरौँजाका बालचन्द्र गुरुङको अवस्था गम्भीर छ। धार्चे गाउँपालिका ६ काशिगाउँमा जेष्ठ नगारिक, अपाङ्गता परिचय पत्र बितरण कार्यक्रममका लागि उनीहरु त्यसतर्फ गएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here