गोरखामा जीप दुर्घटनाः वडा सचिवको मृत्यु, सात जना गम्भीर घाइते

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसार ग १ ज ५५०५ नम्बरको जीप बुधबार साँझ करिब साढे सात बजे सडकबाट झन्डै ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरूङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ । रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here