कोरोना कहरः इटालीमा एक महिनासम्म दर्शक बिनाको फुटबल

काठमाडौं । यूरोपियन देश इटालीमा कोरोना भाइसरको संक्रमण बढ्दै गएपछि दर्शक बिना नै फुटबल हुने भएको छ ।

कोरोनाको संक्रमण झनै बढ्न सक्ने भन्दै सरकारले अबको एक महिनासम्म दर्शक बिना नै खेल खेलाउनु पर्ने नियम बनाएको हो ।

चीनको बुहान राज्यबाट फैलिएको कारोना भाइरसको कारण इटालीमा हालसम्म १०० भन्दा धेरै मानिसहरुको मुत्यु भईसकेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै कारोनाको कारण २८ जनाको मृत्यु भईसकेको छ । यहाँ अहिलेसम्म ३ हजार ८९ जना मानिस कोरोनाको संक्रमणमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here