कोरोना संक्रमणको आशंकामा टेकु अस्पताल पुर्‍याइएका एक जना फरार

काठमाडौं, २२ फागुन । दक्षिण कोरियाबाट फर्किएका एक नेपाली टेकु अस्पतालबाट फरार भएका छन् ।

सुनसरी घर भएका दक्षिण कोरियामा कार्यरत नेपालीलाई विमास्थलमा चेकजाँचको क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल पुर्‍याइएका एक व्यक्ति टेकु अस्पतालबाट भागेका हुन् ।

दक्षिण कोरियामा कार्यरत ती व्यक्तिलाई त्यहाँ कोरोनाको संक्रमण देखिएको भन्दै नेपाल फकाइएको स्रोतको दावी छ ।

नेपाल आएसँगै उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनको रगत परीक्षणका लागि तयारी हुँदैगर्दा उनी भागेका हुन् । अहिले प्रहरीले उनलाई खोजि गरिरहेको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here