नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरियताको १० औँ स्थानमा

काठमाडौं, २२ फागुन । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरियताको १० औँ स्थानमा उक्लीएका छन् ।

विश्व ब्याडमिन्टन महासङ्घको ताजा तालिका अनुसार प्रिन्स १० औं स्थानमा परेका हुन् ।

गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेका प्रिन्स पछिल्लो समय लगातार अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका छन् ।

फ्रान्सका क्रिस्टो पोपोभ विश्व ब्याडमिन्टन जुनियरतर्फको वरियतामा शिर्ष स्थानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here