कोरोना सम्बन्धी गलत प्रचार गर्ने फेसबुक अकाउन्ड निगरानीमा छन्ः मार्क जुकरबर्ग

काठमाडौं । चीनको बुहान राज्यबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न ७६ भन्दा धेरै देशमा फैलिएको छ ।

अहिलेसम्म विश्वभर ९३ हजार ९० जनामा कोरोनाको संक्रमण भएको पुष्टि भईसकेको छ । जसको कारण ३ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ ।

यसैबिच सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस सम्बन्धी भ्रमित कुराहरु फैलिएको छ । विभिन्न प्रकारका गलत सूचना दिने माध्यमको रुपमा फेसबुकलाई प्रयोग गरिएकोमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले चिन्ता व्यक्त गरेका छन् ।

फेसबुकमा स्टाटस राख्दै जुकरबर्गले फेसबुक मानिसहरुलाई कोरोना सम्बन्धी सहि सूचना दिनको काम गरिरहेको बताएका छन् ।

‘हामी प्रयास गरिरहेका छौं कि यो संक्रमणको बारेमा सबैले सहि सूचना प्राप्त गरुन’ उनले स्टाटसमा लेखेका छन्, ‘यसका साथै कोरोना सम्बन्धी गलत प्रचार गर्ने व्यक्ति वा संस्थाको अकाउन्लाई पनि हामी निगरानी गरिहेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here