एभरेष्ट प्रिमियर लिग स्थगित

काठमाडौं, २२ फागुन । चैत्र १ गतेबाट हुने भनिएको एभरेष्ट प्रिमियर लिग ईपीएल स्थगित भएको छ । विश्वमा त्रास मच्चाइरहेको कोरोना भाइरसका कारण खेल स्थगित गरिएको आयोजकले जनाएको छ ।

काठमाडौंमा मार्च १४ देखि २८ तारिखसम्म हुने प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले जनाएको छ ।

नेपाल सरकारले नै ठूला कार्यक्रम आयोजना नगर्न निर्देशन दिएपछि त्यसलाई मध्यनजर गरेर यो प्रतियोगिता स्थगित गरिएको हो । स्थगित गरिएको र नयाँ मिति केही समयपछि सार्वजनिक गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here