कोरोना भाइरसः दक्षिण एसियामा प्रभाव कति ? कति पुगे संक्रमित ?

काठमाडौं । सन् २०१९ को अन्तयबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर नै फैलिएको छ । यसले मानिसहरुमा त्रास र अन्यौलको वातावरण सिर्जना गरिरहेको छ ।

कोरोनाको संक्रमण अहिले विश्वका ७० भन्दा धेरै देशहरुमा फैलिएको छ भने १ लाख भन्दा धेरै संक्रमित भएका छन् । यसका साथै ५० हजार भन्दाधेरै मानिसहरु निको भएको पनि दाबी गरिएको छ ।

कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर ३३०० भन्दा धेरै मानिसहरुको मृत्यु भईसकेको छ ।

दक्षिण एसियामा कस्तो प्रभाव ?

पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुमा पनि कोरोनाको संक्रमण बढ्दो क्रममा छ । तर, नेपालमा भने हालसम्म यसको संक्रमण देखिएको छैन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणको लागि गरिएको ४०० भन्दा धेरै परिक्षणमा कोरोनाको पुष्टि नभएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

तर, नेपालसँग खुला सिमाना भएको दक्षिणी छिमेकी भारतमा केही दिनयता कोरोना भाइरस संक्रमणका धेरै घटनाहरु बाहिर आइरहेका छन् ।

पछिल्लो तथ्यांक अनुसार आज राजधानी नयाँ दिल्लीमा एक जनामा कोरोना संक्रमण देखिएसंगै भारतमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

यसका साथै, श्रीलङ्कामा एकजना, पाकिस्तानमा पाँचजना अफगानिस्तानमा एकजना, भुटानमा पनि एकजना कोरोनाको संक्रमित भएको खबर आएको छ ।

बाङ्लादेश र माल्दिभ्समा भने हालसम्म कोरोनाको सङ्क्रमण भेटिएका विवरण आएका छैन ।

तर, दक्षिण एसियाली मुलुकमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको बारे कुनै खबर आएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here