केही समयअघि भाइरल बनेका अष्ट्रेलियन ९ वर्षिय बालक क्डेन बाईल्सले गरे आत्महत्या

काठमाडौं । केही समयअघि स्कुलमा आफूलाई भिन्न शारिरीक अवस्था भएको कारण सबैले हेप्ने गरेको दुखेसो गर्दै भिडियो बनाएका अष्ट्रेलियन ९ वर्षिय बालक क्डेन बाईल्सले आत्महत्या गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

आफ्नो छोरालाई त्यस्तो व्यवहार गरिएको कारण उनको आमाले यस विषयमा कुरा उठाउदै आएकी थिईन् ।

केही समयघि उनको आमाले बनाएको भिडियोमा ती बालकले स्कुलमा सबैले हेप्ने गरेको कारण आफैलाई चक्कु हानेर मर्ने कुरा गरेका थिए ।

यसका साथै उनले रुदै भनेका थिए, ‘कसैले मेरो हत्या गरिदिए पनि हुन्थ्यो ।’

स्कुलमा उसको सानो उचाई र भद्दा शरीरको सबैले मजाक उडाउने गरेको बच्चाले बताएको थियो ।

यस विषयमा उसको आमाले शिक्षा प्रणाली माथी नै प्रश्न उठाएकी थिईन् र भनेकी थिईन्, ‘यही हो शिक्षा ? यहाँको सिङ्गो शिक्षा प्रणाली नै नाकाम भईसकेको छ ।’

हेर्नुहोस् भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here