काठमाडौं । अमेरिकाको टेक्सस शहरको एउटा सुपरमार्केटमा बेच्न राखिएको आइसक्रिम चाटेर फ्रिजमा राख्ने एक व्यक्तिलाई ३० दिन जेल सजाय सुनाइएको छ।
सो भिडीयो अमेरिकाका २४ वर्षीय डीुएड्रियन एन्डरसनले सन् २०१९को अगस्ट महिनामा सामाजिक सञ्जालमा हालेका थिए।
पसलको सीसीटीभी क्यामरामा भने उनले भिडिओ खिचिसकेपछि सो आइसक्रिम झिकेर किनेको देखिन्छ।
उनलाई अदालतले छ महिनाको निलम्बित जेल सजाय, १०० घन्टाको ज्याला नपाउने काम, १,००० अमेरिकी डलर जरिबाना र आइसक्रिम कम्पनीलाई १,५६५ डलर तिर्नुपर्ने आदेश सुनाएको हो।
अमेरिकी टीभी एबीसीका अनुसार एन्डरसन र उनका बाबुले प्रहरीलाई सो आइसक्रिम किनेको बिल देखाएका थिए।
तर भिडिओ सार्वजनिक भएपछि आइसक्रिम कम्पनी ब्लू बेल क्रिमरीज्ले सो फ्रिजको सबै आइसक्रिम फेरेको थियो।
एन्डरसनले अदालतमा आफूबाट गल्ती भएको स्वीकारेका थिए।(बीबीसी नेपाली)