कोरोना प्रभाव: नेपालमा १६ हजारको रोजगार प्रभावित, कृषि क्षेत्र सुरक्षित

काठमाडौं, २५ फागुन । एसियाली विकास बैंकले कोरोनाका कारण विश्व अर्थतन्त्रसहित नेपालको अर्थतन्त्र पनि खुम्चिने प्रक्षेपण गरेको छ ।

एडीबीले कोरोनाको कारण कुल गाहस्र्थ उत्पादन खराब अवस्थामा शून्य दशमलब १३ प्रतिशतले घट्ने जनाएको छ । यस्तै कोरोनाका कारण सेवा, उत्पादनमुलक क्षेत्रको रोजगारीमा पनि असर पर्ने जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण विपरीत एडीबीले ६ प्रतिशत हाराहारीमा मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।चालु आर्थिक वर्षको पुसमसान्तसम्म मूल्यवृद्धि ६.८२ प्रतिशत पुगिसकेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत तलै सीमित राख्ने सरकारको लक्ष्य छ ।

सरकारले पनि आयातमा केही असर पर्न सक्ने अनुमान गरिसकेको छ । त्यसको प्रत्यक्ष असर मूल्यवृद्धिमा पर्नेछ । यस्तै कोरोनाका कारण सेवा, उत्पादनमुलक क्षेत्रको रोजगारीमा पनि असर पर्ने जनाएको छ ।

पछिल्लो अध्ययन अनुसार नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव नेपालमा कोरोनाका कारण करीव १६ हजार जनाको रोजगारी प्रभावित हुने आंकलन गरिएको छ । कृषि र उत्पादन क्षेत्रले भने धेरै रोजगारी गुमाउनु पर्ने छैन ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित चीनमा १९ करोड ६२ लाख बढी रोजगारी प्रभावित हुने पनि जनाएको छ ।

त्यसो त अधिकतम् प्रभाव पर्दा नेपालले २ लाख २३ हजारसम्म रोजगारी गुमाउन सक्ने चेतावनी एसियाली विकास बैंकले दिएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा होटेल, रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने भएको छ । कोरोनाकै कारण विदेशीले बुकिङ गरेका ८० प्रतिशत भन्दा बढी नेपाली होटलहरु पनि रद्द भइरहेका छन् ।

कृषि, उद्योग र उत्पादन तथा यातायात क्षेत्रमा भने प्रभाव कम देखिने एसियाली विकास बैंकको भनाइ छ । नेपाल वायुसेवा संचालक संघले कर्मचारीलाई बेतलबी बिदामा बस्न आग्रह गरिसकेको छ भने यात्रुको संख्यामा निकै कमी आएपछि विमानहरु ग्राउण्डेड गर्ने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here