उपभोग्य सामानको अभाव नहुने, नुन र चिनीको पर्याप्त मौज्दाद

फाइलफोटो

काठमाडौं, २५ फागुन । नुन, चिनी लगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दाद रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको प्रष्ट पारेको छ ।

कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको जनाएको हो ।

शनिबार संस्थानले करीब १० महिनालाई पुग्ने नुन तथा अन्य उपभोग्य सामानको मौज्दाद रहेको जानकारी गराएको छ ।

साल्ट ट्रेडिङले उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ । कर्पोरेशनसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात रहेको तथ्यांकमा उल्लेख छ ।

यसले नेपालको १० महिनाको माग धान्न सक्छ । अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुने गरेको छ । नुनको आयात समेत बीना व्यवधान भइरहेको संस्थानले जनाएको छ ।

कर्पोरेशनका अनुसार चिनीको मौज्दाद समेत पर्याप्त छ । सोहीकारण अनावश्यक भण्डारण नगरी कृतिम अभाव सिर्जनाको वातावरण नगर्न आग्रह गरेको छ ।

कर्पोरेशनसँग भएको चिनीले पाँच महिनाको माग धान्न सक्छ । अहिले दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा स्टक रहेको र सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको बताइएको छ ।

नेपालका चिनी उद्योगसँग एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दाद रहेको छ ।

दुर्गम तथा हिमाली जिल्लामा चार हजार १६ मेट्रिक टन चामल मौज्दाद रहेका कारण तत्काल नेपालमा उपभोग्य सामानको अभाव नहुने सरकारी निकायसले स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here