गौतमबुद्ध क्रिकेट रङ्गशालालाई गलकोट स्पोर्ट्स क्लबको चार लाख पाँच हजार सहयोग

काठमाडौं । बाग्लुङ जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

क्लबका अनुसार गलकोट समाज चितवनका पदाधिकारीमार्फत नगद चार लाख पाँच हजार हालै ‘धुर्मुस सुन्तली फाउण्डेशन’लाई हस्तान्तरण गरिएको छ ।

क्लबले दुई वर्षअघि पनि क्लबले एक लाख फाउण्डेशनलाई सहयोग गरेको थियो ।

सन् २०१५ मा स्थापना भएको क्लबले जापानमा रहेका नेपाली खेलाडीलाई एकताबद्ध गर्ने र खेल गतिविधिमा क्रियाशील बनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here