उडान कटौती गर्दै अन्तर्राष्ट्रिय जहाज कम्पनी, नेपाल ‘पर्ख र हेर’ को अवस्थामा

काठमाडौं, २५ फागुन । विश्वभर कोरोना भाइरस फैलिएपछि नेपालमा पनि ठूलो त्रास फैलिएको छ । सरकारले धेरै मासिन जमघट हुने कुनै पनि कार्यक्रम आयोजना नगर्नदेखि स्कुल कलेजसम्मलाई चाडै परीक्षा सक्न निर्देशन दिएको छ ।

सरकारले महामारीलाई प्रवेशको लागि ढोका बन्द गर्न आलटाल गरिरहेको छ । सर्वोच्च अदालतले समेत अन्तर्राष्ट्रिय उडान बन्द गर्न नेपाल सरकारलाई आदेश दिएको छ ।

तर अदालतको आदेश समेत सरकारले मानिरहेको छैन । विश्वव्यापी रूपमै भाइरसको संक्रमण बढेर यात्रुको संख्यामा कमी आएपछि नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले उडान कटौती हुन थालेका छन्।

कोरोनाले सबैभन्दा बढी चीनबाट नेपाल हुने उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार चीन-नेपाल उडान ९० प्रतिशतले घटेको छ। साताको ५५ वटा उडान गर्ने चिनियाँ वायु सेवा कम्पनीले अहिले सात वटामात्रै उडान गर्दै आएका छन्।

नेपालमा उडान गर्दै आएको टर्किस एयरलाइन्स पनि ‘पर्ख र हेर’ को अवस्थामा छ। दक्षिण कोरियाबाट सातामा ५ विमान नेपाल आउने गरेकोमा हाल ४ वटामा झरेको छ । नेपाल एयरलाईन्सले भने जापानमा अहिले पनि सातामा ३ वटा उडान जारी राखेको छ ।

धेरै देशले आफ्ना नागरिकलाई अत्यावश्यक पर्दा मात्र विदेश भ्रमणमा जान भनेकोले हवाई उडानको संख्यामा उच्च गिरावट देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here