सुनसान देखियो होलीको रौनक, वसन्तपुर (फोटो फिचर)

काठमाडौं । होलीको दिन पाइला टेक्न पनि मुस्किल हुने वसन्तपुर यो वर्ष भने सुनसान बनेको छ ।

चीनको बुहान राज्यबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै गृह मन्त्रालयले भिड भएको स्थानमा नजान आग्रह गर्दै होली नमनाउन पनि आग्रह गरेको थियो ।

मेलमिलाप र सद्भावको सन्देश लिई आउने रङहरूको पर्व फागु पर्व समेत कोरोना भाइरसको कारण थलिएको छ ।

बसपार्क, एयरपोर्टदेखि काठमाडौंका पर्यटकीय क्षेत्र बसन्तपुर,ठमेल क्षेत्र सुनसान छन् ।

यसैको कारण यो वर्ष वसन्तपुर सुनसान बनेको छ । आज विहान साढे ९ बजे यस्तो देखियो वसन्तपुरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here