कोरोना प्रभावित देशबाट भित्रिएका पर्यटकबारे सरकारनै बेखबर

काठमाडौं, २७ फागुन । कोरोना भाइरसका कारण विश्व पर्यटन व्यवसायमा मन्दी लागिरहेकको छ नेपाल भ्रमणबर्ष घोषणा गरेको नेपालमा पर्यटन व्यवसाय सुस्ताएको छ ।

अध्यागमन विभागको तथ्याङ्‌कअनुसार सन् २०२० को जनवरी र फेब्रुअरीमा कोरोना भाइरस देखिएका विश्वका देशबाट १ लाख २६ हजार ५ सय ८२ जना पर्यटक भित्रिएका छन्।

यो सङ्ख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट भित्रने पर्यटकको मात्र हो । स्थलमार्गबाट नेपाल भित्रिने ती देशका पर्यटकको सङ्ख्या यसमा समावेश गरिएको छैन।

पछिल्लो समय कोरोना अति प्रभावित चीनबाट १५ हजार ४ सय ५४ जना, कोरियाबाट ५ हजार १ सय ५७ जना, जापानबाट ४ हजार ५ सय ५४ जना, इटालीबाट १ हजार २ सय ६५ जना र इरानबाट २ सय १२ जना पर्यटक नेपाल भित्रिएका छन ।

सरकारले प्रभावित देशबाट आउने पर्यटकलाई भने सामान्य चेकजाँचको भरमा छोडिरहेको छ । उनीहरु कहाँ के गर्दै छन्, कति नेपालमै छन् वा कति आफ्नै देश फर्किए भन्ने विषयमा सरकार भने बेखबर रहेको स्रोतले जनाएको छ ।

सन् २०२० सुरु भएयताको पहिलो दुई महिनामा सबैभन्दा बढी पर्यटक नेपालमा भारतबाट आएका छन्।

नेपालले अति प्रभावित ८ देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेपनि उतै रहेका नेपाली दूतावासबाट भिसा लिने ती देशका नागरिकलाई कोरोना भाइरस नभएको पुष्टि गर्ने ‘स्वास्थ्य कार्ड’ लिएर आए प्रवेश दिने ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ।

अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, र जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जानकारी गराएको छ ।

कोरोना भाइरसबाट अहिले चीन, दक्षिण कोरिया, जापान, इरान, इटाली, जर्मनी, फ्रान्स, स्पेन, अमेरिकालगायतका देश बढी प्रभावित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here