कोरोना नियन्त्रणमा खर्च गर्न नेपाललाई २९ मिलियन डलर सहयोग

काठमाडौं, २७ फागुन । विश्व बैंकले कोरोना नियन्त्रणका लागि नेपालले करिब २९ मिलियन अमेरिकी डलर पाउने भएको छ।

विश्व बैंकले उपलब्ध गराउने सहयोगमध्ये नेपालले उक्त रकम कोरोना नियन्त्रणको लागि खर्च गर्न पाउने छ ।

स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र विश्व बैंकका अधिकारीहरूबीचको त्रिपक्षीय छलफलमा यो रकम बराबरको कार्यक्रम तय गर्ने समझदारी बनेको छ।

विश्वको एक सयभन्दा बढी देशमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले १२ बिलियन (अर्ब) डलर सहयोग गर्ने निर्णयगरेको थियो। सोहीअनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको जनाईएको छ ।

त्रिपक्षीय छलफलमा विश्व बैंकका अधिकारीहरूले २९ मिलियन सहयोग नेपालले पाउन सक्ने भएकाले त्यसलाई कोरोनाको जोखिम न्यूनीकरण र संकट नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने उपायसँग सम्बन्धित रहेका कार्यक्रम तर्जुमा गर्न आग्रह गरेका छन्।

घोषित रकममध्ये केहीलाई अनुदान र केहीलाई ऋण सहयोग गर्ने भनेको थियो। नेपाललाई भने विश्व बैंकले अनुदान दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here