निजी आवास पुनर्निर्माणको अनुदान बुझ्ने समयसीमा थप

काठमाडौं, २६ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ।

सबै लाभग्राहीले तेस्रो किस्ता मंसिर २०७७ भित्र लिइसक्नु पर्ने गरी नयाँ मिति तोकिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाअनुसार छूट तथा पुनः जाँच सर्वेक्षण २०७५/७६ बाट लाभग्राही कायम भएकाले सरकारी अनुदान प्राप्त गर्न अब तोकिएको प्रक्रिया पुरा गरी चैत मसान्त भित्र पहिलो किस्ता बुझ्नु पर्ने भएको छ ।

त्यस्तै प्राधिकरणबाट २०७६ मंसिरपछि कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले चैत २०७६ भित्र सम्झौता गरी पहिलो किस्ता लिइसक्नु पर्न छ ।

माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छूट र पुनसर्वेक्षणबाट आएकाले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।

तर, पुराना लाभग्राहीले भने स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिबाट निर्णय गराउनु पर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here