शेयर बजारमा सुधार, नेप्से साढे ७३ अंकले बढ्दा २ अर्ब २२ करोडको कारोबार

काठमाडौं । मंगलबार दोहोरो नेगेटिभ सर्किट ब्रेक लाग्दै बन्द भएको शेयर बजारमा बुधबार उछाल देखिएको छ ।

बुधाबार नेप्से परिसूचक ७३.७८ अंकले बढेर १ हजार ४ सय २३.०९ अंकमा पुग्यो । यो संख्या मंगलबारको तुलनामा ५.४७ प्रतिशत बढी हो ।

बुधबार ‘क’ बर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स १४.३३ अंकले बढेर ३ सय ४.६९ अंकमा पुगेको छ ।

बुधबार कारोबारमा आएका मध्ये सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सामुहिक लगानी कोष समुहको सूचक ०.७५ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ८.३० प्रतिशत बढ्यो । त्यस्तै, निर्जीवन बिमाको ७.५८ प्रतिशत, जीवन बिमा समुहको ६.७० प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

बुधवार कारोबारमा पनि केही सुधार आएको । आज १ सय ८० कम्पनीको ५६ लाख २६ हजार ८ सय १२ कित्ता शेयर २३ हजार २ सय ३७ पटक किनबेच हुँदा २ अर्ब २२ करोड १० लाख ८१ हजार ६ सय ९० रुपैयाँको कारोबार भयो ।

बुधबार सबैभन्दा धेरै साल्ट ट्रेडिङ, लक्ष्मी लघुवित्त वित्तीय संस्था, एभरेष्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । यी सबको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा हिमाल दोलखा जलविद्युत कम्पनीका शेयर धनी छन् । हिमाल दोलखाको शेयर मूल्य ९.३४ प्रतिशत घट्यो । त्यस्तै, नेपाल फाइनान्सको ७.५८ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्से गर्यो । इन्स्योरेन्सले २३ करोड ६६ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here