एकजुट बने पूर्वपञ्च, गीता छोएर खाए पार्टी नफुटाउने कसम

काठमाडौं, २८ फागुन । राप्रपा र राप्रपा (संयुक्त) बीच बुधबार एकीकरणको घोषणा भएको छ।

राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच कमल थापा नेतृत्वको राप्रपा तथा पुशपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता भएको हो ।

संविधानसभामार्फत फालिएको राजतन्त्र र हिन्दुराष्ट्र ब्यूँताउने घोषणासहित पूर्वपञ्चको सहमति सहित दुई पार्टीबीच १० बुँदे समझदारी भएको छ ।

दुई पार्टीबीच एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाई रहनेछ । चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिइने सो पार्टीले जनाएको छ ।

एकता समारोहमा बोल्दै अध्यक्ष थापाले हिन्दूहरुको आस्थाको केन्द्र भगवान पशुपतिनाथलाई साक्षी राखेर अब पार्टी नफुटाउने कसम खाएका थिए ।

कसम खाँदा मञ्चमा राखिएको ‘भागवात गीता’ पुस्तक समेत छोएका थिए । राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका पुत्रसमेत समेत रहेका राप्रपा नेता सुनिल थापाले भने एकता समारोह नै बहिष्कार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here