कोरोना प्रभावः १५ अप्रिलसम्म भारत यात्रामा प्रतिबन्ध

काठमाडौं । शुक्रवार मध्यरातबाट लागू हुनेगरी भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ ।

भारतिय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमण फैलिनबाट रोक्नको लागि यस्तो कदम चाल्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार अब १५ अप्रिलसम्म भारतको राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा निलम्बन हुनेछ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ६० पुगेको छ । भारतमा बुधबार मात्रै १० नयाँ संक्रमित फेला परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here