नुन धेरै खाने मानिसमा हर्ट अट्याकको संभावना उच्च !

काठमाडौं । कुनैपनि खानेकुरालाई स्वादिस्ट बनाउनको लागि नुनको भुमिका महत्त्वपुर्ण हुन्छ । सहि मात्रामा प्रयोग गरिएको नुनले खानाको स्वाद बढाइदिन्छ ।

नुनबाट हाम्रो शरीरलाई आवश्यक पर्ने सोडियम क्लोराइड प्राप्त हुन्छ । तर, नुनलाई एक निश्चित मात्रामा कुनै खानाको माध्यमबाट खानुपर्छ ।

तर, अत्याधिक रुपमा नुन खादाँ हाम्रो शरीरको उच्च रक्तचापको समस्या निम्त्याउने काम गर्छ । भर्खरै भएको एक अध्ययनको अनुसार धेरै मात्रामा नुन खाने मानिसहरुमा मुटुसम्बन्धी समस्याको जोखिम उच्च हुन्छ ।

उक्त अध्ययनको अनुसार जो व्यक्तिले आफ्नो खानामा एक निश्चित मात्रामा नुनुको सेवन गर्छ उसमा हर्ट अट्याकको सम्भावना कम हुन्छ ।

धेरै नुन खाने मानिसमा तत्कालै यस्तो समस्या नदेखिए पनि कालान्तरमा यस्तो समस्या देखिने पनि अध्ययनमा उल्लेख छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here