नेपाल वायुसेवाको उडान तालिका कटौती, बैंगलौर उडान रद्द

काठमाडौं, ३० फागुन । नेपाल वायुसेवा निगमले कोरोना भाइरसका कारण यात्रु संख्यामा आएको कमीले गर्दा उडान तालिकामा केही कटौती गरेको छ ।

दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं – दिल्ली उडान मार्च १५ देखि दैनिक एउटा मात्र हुने भएको छ ।

अव विहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको वायुसेवाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिल सम्म स्थगित गरिएको विज्ञप्तीमा जनाइएको छ ।

बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ ।

काठमाडौं दोहा बीचको उडान फागुन २७ गते देखिनै अर्को सूचना नभए सम्मका लागि स्थगित गरिसकिएको उल्लेख गरिएको छ ।

उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ भने टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको व्यवस्था गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here