प्रधानमन्त्री ओलीको डिस्चार्ज आज साँझ

RSS

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुने भएका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १९ फागुनदेख त्रिवि शिक्षण अस्पताल छन् । उनको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै आज साँझसम्ममा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने जानकारी दिएको छ ।

‘प्रधानमन्त्री ओली ज्यूलाई उहाँको स्वास्थ्य लाभपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने छ,’ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्णा खड्गाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here