हिमालय एयरलाइन्सको साउदी उडान २९ मार्चसम्म रद्द

काठमाडौं, २ चैत। वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरबको उडान मार्च महिनाभरका लागि रद्द गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका लागि साउदीमा अस्थायी प्रतिवन्ध लागाएको हो ।

साउदी सरकारको उक्त प्रतिबज्ध अनुसार हिमालयले यस रुटका सबै उडान दुई साताका लागि गरेको हो । यसअघि साउदीमा नेपालबाट हिमालय एयरलाइन्सले मात्र उडान गरिरहेको थियो ।

यसका साथै यो रुटमा टिकट लिइसकेका यात्रुले एक पटकका लागि निःशुल्क टिकटको मिति परिवर्तन गर्न सक्ने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here